बिकेन माछा मासु
मकवानपुर । लकडाउनका कारणले व्यवसाय नै चौपट भएका माछामासु व्यवसायीहरु अहिले साउन महिनामा पनि समस्यामा परेका छन् । लकडाउनका कारण चैतदेखि असारसम्म पसल नै खोल्न पाएनन् । असारको अन्तिमसातादेखि पसल खोल्न पाए तर साउनमा माछामासु नै बिकेको छैन । अधिकांश मानिसहरुले साउन महिनामा माछामासु खादैनन् । यो वर्षमात्र होइन विगतदेखिनै हो ।
हेटौंडा बजारको माछामासु पसलका व्यपारीहरुको व्यापार ठप्प भएको छ । साउन महिना मानिसहरुले शिव भगवानको ब्रत लिने गर्ने हुदा माछा मासु खादैन । बसपार्कमा राँगाको मासु बेच्दै आएको बिकेस खड्की साउन महिनामा मासु असाध्य थोरै विक्रि हुने गरेको बताए । पहिला/पहिला दिनमा २ देखि ३ वटा सम्म रााँगाको मासु बेच्ने गरेको थियो तर अहिले ३०/३५ किलो मुस्किलले विक्रि हुने गरेको सुनाए । साउनको सोमवार त झन मासु विक्रि नै नहुने उनले बताए ।
त्यस्तै माछा बेच्दै आएका मुकेश शाह तुराहको पनि त्यस्तै हालत भएको बताए । उनले पहिला भन्दा माछा साउनमा कम विक्रि भएको बताए । वसपार्कका उनी माछा मासु व्यवसाय संघका संयोजक समेत हुन् ।
कुखुराको मासु बेच्दै आएको उदेश साहीको पनि मासु विक्रि नभएको बताउँछन् । पहिला दिनमा ५० किलो जति विक्रि हुनथ्यो तर अहिले २५ किलो विक्रि हुन पनि गारो भएको उनी बताउँछन् । सोमवारको दिनमा झनै पसल नै नखोले पनि हुुन्छ साहीले भने , साउनमा सबै भगवानको भक्ति गर्ने हुदा माछा मासु खादैनने । विगतका वर्षहरुको देखिनै साउन महिनामा माछामासु कम विक्री हुने गरेको छ । ११ महिना माछामासु राम्रो विक्री हुन्छ तर साउन महिनामा थोरैमात्र मासु विक्री हुन्छ माछामासु व्यवसायी त्रिरत्न लामाले भने ।