पोल गाडेको एक वर्ष पुग्दा पनि प्राधिरणले नवलपुरमा हालेन तार

 भोलि-भोलि भन्दै टारिएको स्थानीयको गुनासो

वडा सदस्य दाहाल भन्छिन्, ‘हामीलाई हेप्ने काम भयो, अब स्थानीय लिएर प्राधिरण जान्छौं । ’
रामकुमार दानी
२३ श्रावण २०७७, शुक्रबार ०७:४२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा बिजुलीको पोलहरु जीर्ण बन्दै गएको छ । नवलपुरका स्थानीय र वडा अध्यक्ष गोकर्ण पराजुली सहित विद्युत प्राधिकरण गएर पोल स्वीकृत गराएपनि समस्या सम्बोधन भने हुन सकेको छैन ।
वडा कमिटीको सदस्य जुना दाहालको अगुवाइमा प्राधिकरणले बिजुलीको पोल नवलपुर ल्याएर गाडेको वर्ष दिन हुन लागेपछि पोलमा तार भने हालिएको छैन ।
वडा सदस्य दाहाल पटक पटक जाँदा विद्युत प्राधिकरणका कर्मचारीले भोलि आउँछौं भन्दै टार्ने गरेको गुनासो छ । स्थानीय उपभोक्ता भने पोलमा तार हाल्न प्राधिकरणबाट कहिले आउलान् भनेर बसेका छन् । वडा सदस्य दाहाल भन्छिन्, ‘ प्राधिकरणबाट आउँछु भन्दै टार्ने काम गरेपछि फेरि गएर भन्यो, आउँदिन भनिदैन तर आउदैनन् । ’
प्राधिकरणले काममा ढिलाई गर्दा जीर्ण बन्न थालेको पोल लडेर मान्छेको ज्यानै जाने हो कि भन्ने चिन्तामा स्थानीय छन् । बिजुलीको पैसा तिर्न एक महिना ढिलो हुँदा जरिवाना असुल्ने तर पोल गाडेको एकवर्ष हुँदा पनि तार तान्ने काममा भने प्राधिकरणले चासो नदिँदा स्थानीइबासी प्राधिकरणको काम गराई शैलीप्रति असन्तुष्ट बनेका छन् ।
वडा सदस्य दाहाल आफूले पोलमा तार हाल्नका लागि प्राधिकरणमा धाइरहँदा पनि आफूहरुको समस्याबारे ध्यान नदिँदा दुःख लागेको बताउँछिन् । ‘ पटक पटक धाइरहँदा जन प्रतिनिधीलाई नै झुलाउने काम प्राधिकरणबाट भयो । ’ उनले भने, ‘ महिला जनप्रतिनिधी भएर नटेरेको होकी के हो ? ’
आफूहरुको समस्या समाधान नगरे अब स्थानीबासी सहित प्राधिरण जाने तयारी भइरहेको वडा सदस्य दाहालले बताइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*