सशस्‍त्र प्रहरीमा कोरोना संक्रमितको संख्या १५८ पुग्यो, ८८ डिस्चार्ज

लोकखबर
२३ श्रावण २०७७, शुक्रबार १२:००

मकवानपुर । मुलुकका विभिन्‍न स्थानमा सशस्‍त्र प्रहरी बलका १५८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एकजना डीएसपी पनि छन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार सक्रिय संक्रमितमा काठमाडौंका १, बाराका २, झापाका १८, महोत्तरीका १ र अन्य सबै इलामका छन् ।

जसमध्ये ८८ जना डिस्चार्ज भइसकेका छन् । डीआईजी अर्यालका अनुसार संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*