कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

मकवानपुर । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका हालसम्म कोरोनाले विश्वमा ७ लाख २ हजार ६४२ को मृत्यु भइसकेको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
बाह्रखरी डटकमबाट