वीर अस्पतालका थप एक चिकित्सकमा कोरोना संक्रमण

लोकखबर
२३ श्रावण २०७७, शुक्रबार १५:०३

मकवानपुर । वीर अस्पतालमा कार्यरत थप एक चिकित्सकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आकस्मिक कक्षमा कार्यरत चिकित्सकलाई (आज) आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए ।

उनका अनुसार करिब तीन दिनदेखि ज्वरो आएर घरमै आराम गरेका चिकित्सको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार एक चिकित्सकलाई कोरोना देखिएको थियो । अस्पतालका दुई चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अन्य नर्स तथा स्वास्थ्यकर्मी ३५ जनालाई होटेलको क्‍वारेन्टिनमा राखिएको उनले बताए । उनले भने, “दुवै चिकित्सकमा ज्वरो, खोकीलगायत समस्या देखिएको छ ।”बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*