बाबुआमा घरमा अपाङ्ग छोराछोरी सडकमा

मकवानपुर। वृद्धवृद्धालाई अवहेलना गर्ने र अपाङ्गता भएका सन्तानहरुलाई सडकमा छाडिदिने प्रवृत्ति अहिले बढेको छ । मानिस भित्र अहिले मानवता हराउदै गएको छ । सेवाको भावना लोप हुदै गएको छ ।
आप्mनै बावु आमाले आप्mनो अपाङ्गता भएका सन्तानलाई सडकमा ल्याएर छोडिदिने गरेका छन् । हेटौंडा उपमहानगरपालिका ९ स्थित मानव सेवा आश्रममा त्यस्ता आपङ्ग बालबालिका छन् । सडकमा बेवारीसे बालकहरु मात्रै नभईकन परिवारले सडकमै ल्याएर छोड्दिएका बालकहरु पनि रहेको मानव सेवा आश्रमकी उमा भण्डारीले बताईन् । आफनो सन्तानको आपाङ्गताको कार्ड बनाउने र त्यसवाट आएको पैसा बाबुआमाले खर्च गर्ने तर छोराछोरीलाई छाडिदिने गरेका छन् उनले भनिन् । आश्रमका अभियन्ताहरुले परिवार थाहा पाएपछि पुर्नमिलन गराउन खोज्दा पनि परिवारले लान नमानेको समेत उनले बताईन् ।
बिगतमा हेटौडा उपमहानगरपालिका—४ मा बस्दै आएका बेसहारा वृद्धवृद्धाहरुलाई आश्रमले ७ करोडमा आफनै भवन निर्माण गरेर उनीहरुलाई फागनु ४ गते हेटौडा उपमहानगरपालिका —९ सारेको हो । यहा आश्रममा अहिले १ सय ६२ जना बस्दै आएको उमा भण्डारीले जानकारी गराईन् । त्यस मध्ये १ सय २ जना पुरुष र ६२ जना महिला रहेका छन् । कोरोनाको महामारीको बेलामा २ जनालाई पुर्नमिलन गराईकेको भण्डारीले बताईन् ।
आश्रममा आश्रय लिएका अधिकांश वृद्धवृद्धाहरु मानसिक सन्तुलन गुमाएका र घरबारबिहिनहरु छन् । मानव सेवा आश्रमले अधिकांशलाई सडक पेटीमा कष्टकर जीवन बिताइरहेको अवस्थामा उद्धार गरेर ल्याएका हुन् । उनिहरुलाई आश्रममा ल्याइ सके पछि उनिहरुलाई ब्यस्त राख्ने उद्येस्यले उनिहरुको ईच्छा अनुसार के काम गर्न सकन्छन् त्यही काम गर्न लगाउने गरेको उनले भनिन् ।
गाई पनि पालेका छौ । कोही गाई चराउने गर्छन् । कोही आश्रम वरिपरी घाँस काट्छन् । कोही गाईको दुध दुहुने गर्छन् । उनीहरुलाई काममा व्यस्त बनाउन सकियो भने मानसिक रोगवाट पनि मुक्त हुन सक्छन् । त्यस्ले गर्दा उनीहरुमा स्मरण पनि बढ्ने गरेको छ । आश्रममा महिनाको पहिलो हप्ता नसा तथा मानसिक विषेशज्ञ डाक्टरहर्रु् आएर स्वास्थ्य परिक्षण गर्ने गरिएको छ । आश्रममा २ जना नर्र्र्र्सहरु पनि रहेका छन् । आश्रम २०६९ साल भाद्र १३ गते स्थापना भएको थियो । ७ वटै प्रदेशमा १९ वटा स्थानमा आश्रम रहेको र बागमती प्रदेशमामात्रै ६ वटा आश्रम रहेको छ । सबै आश्रममा गरेर १ हजार भन्दा बढी मानिस बस्ने गरेको जानकारी भण्डारिले जानकारी दिईन् । आश्रममा महिला र पुरुष अलग अलग राख्ने गरिएको छ । स्थापना भएको ८ वर्षको अवधिमा ६ सय भन्दा बढिलाई पारिवारिक पुर्नमिलन गराईसकेको उनले बताईन् । त्यस्तै आश्रममा सेवा गर्दै आईरहेकी जानकी गजुरेलले आश्रममा बसेर सेवा गर्न पाउँदा आनन्द लागेको बताईन् ।