कोरोना संक्रमितमध्ये ८४ प्रतिशत पुरुष

लोकखबर
२५ श्रावण २०७७, आईतवार ११:३२

मकवानपुर । नेपालमा कुल कोरोना संक्रमित मध्ये ८४ प्रतिशत पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बाँकी १६ प्रतिशत महिलामा कोरोना संक्रमण देखिएको छ ।

कुल संक्रमित २२ हजार ५९२ रहेकोमा १९ हजार ४८ पुरुष छन् । महिला ३ हजार ५४४ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

उमेर समूह अनुसार सबैभन्दा धेरै २१ देखि ३० वर्षमा व्यक्तिमा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये हालसम्म १६ हजार ३१३ जना निको भएर घर फर्किसकेका छन् । निको हुनेको दर ७१।२ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

७३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ ।

हाल १० हजार ७९२ क्वारिन्टनमा छन् भने ६ हजार २०६ आइसोलेसनमा रहेका छन् ।
बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*