लोकगायक प्रेमराजा महतमा कोरोना संक्रमण

लोकखबर
२५ श्रावण २०७७, आईतवार ११:४३



लोकगायक प्रेमराजा महतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । अमेरिकामा बस्दै आएका गायक महत र उनकी पत्नी कविता महतमा कोरोना संक्रमण देखिएको हो ।

महत अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत समेत हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

महतले सामाजिक सञ्जाल फेसबूकमार्फत आफूलाई कोभिड–१९ को संक्रमण भएको जानकारी गराएका छन् ।

‘यदि हामीले सतर्कता अपनाएनौं भनेर विश्व महामारी कोरोनाले हामी कसैलाई पनि अछूतो बनाउनेवाला छैन, ध्यान राख्दाराख्दै दुर्भाग्यश म र मेरी पत्नी यसबाट जोगिन सकेनौं,’ महत भन्छन् ।

साथै उनले सबै नेपालीलाई कोरोना संक्रमण हुनबाट सचेत रहन अनुरोध पनि गरेका छन् ।

महतले गाएका सिमसिमे पानीमा, सालैका पातैले, पानको पात, सलल पानी लगायत लोकगीत लोकप्रिय छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*