कोरोनाले विश्वमा ७ लाख २२ हजार मानिसको मृत्यु
मकवानपुर । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख २२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख २२ हजार २८५ को मृत्यु भइसकेको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म संक्रमितको संख्या १ करोड ९४ लाख ६२ हजार ११२ पुगेको तथ्यांकमा उल्लेख छ ।
हालसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागिसकेको छैन । यद्यपि विश्वका थुप्रै देशमा कोरोना संक्रमण निको पार्ने खोप विकासको प्रयास भइरहेका छन् । कितपय देशमा खोपको क्लिनिकल परीक्षण पनि भइरहेको छ ।
१३९ खोप अहिले प्रि–क्लिनिकल परीक्षणका क्रममा रहेका छन् ।
बाह्रखरी डटकमबाट