पर्सामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

लोकखबर
२६ श्रावण २०७७, सोमबार ११:२०

मकवानपुर ।  नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वीरगन्ज महानगरपालिका– १५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती महिलाको शनिबार राति मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।

शनिबार स्वास्थ्यप्रश्वासमा समस्या देखिपछि परिवारले ती महिलालाई इण्डो नेपाल अस्पतालमा भर्ना गरेका थिए । स्वास्थ्यमा सुधार नआएपछि शनिबार नै कोरोना अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार ती महिला हाइपरटेन्सन र हाइपर थाइराइडको रोगी थिइन् । साउनयता पर्सामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।इकान्तिपुर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*