दाङमा आंशिक प्राध्यापकहरूले जलाए कुर्सी टेबल

लोकखबर
२६ श्रावण २०७७, सोमबार १२:३४

मकवानपुर । आंशिक प्राध्यापकहरूले महेन्द्र बहुमुखी क्याम्पस दाङमा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सीटेबल जलाएका छन् । दुई वटा टेबल, एउटा कुर्सी, विद्युतीय हाजिर मेसिन र क्याम्पस प्रमुखको नेम प्लेट उनीहरुले जनाएका हुन् ।

क्याम्पस प्रमुख दिपाकर शर्मालाई बाहिर निकालेर कार्यकक्षमा तालाबन्दी पनि गरिएको छ । उनीहरुले कामको समान ज्याला पाउनुपर्ने र बौद्धिक शोषण अन्त्य गर्नुपर्ने प्लेकार्डसहित नाराबाजी पनि गरेका थिए ।

नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा पढाइरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने मागसहित आनदोलन गरिरहेका छन् । माग सुनुवाई नभएपछि ताला लगाउनुपरेको संघका अध्यक्ष बालकृष्ण डाँगीले जानकारी दिए ।

दाङको महेन्द बहुमुखी क्याम्पसमा मात्रै ४२ जना आंशिक प्राध्यापक छन् । माग पूरा नभए क्याम्पसका कक्षा र लेखाशाखामा पनि ताला लगाउने संघले जनाएको छ ।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*