बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना संक्रमण

लोकखबर
२६ श्रावण २०७७, सोमबार १३:४०

मकवानपुर ।बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालाले सोमबार (आज) विज्ञप्ति जारी गर्दै नेपालगन्ज मेडिकल कलेजका थप दुई चिकित्ससहित बाँकेमा १५ जना, दाङका एकजना, कैलालीका दुईजना, बर्दियाका एकजना र सल्यानका एकजना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

३४० जनाको नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त प्रयोगशालामा हालसम्म २५ हजार २ सय नमुना परीक्षण गरिएकामा एक हजार १०५ जनामा कोरोना पुष्टि भएको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *