सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४७ सय ८४ पुग्यो, ४ हजार डिस्चार्ज

लोकखबर
२७ श्रावण २०७७, मंगलवार १०:५२

मकवानपुर । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ७ सय ८४ पुगेको छ ।

हिजो (सोमबार) ३ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार ७ सय ८४ पुगेको हो । संक्रमितको अवस्था हेर्दा दार्चुलाबाहेक अन्य जिल्ला हालसम्म उच्च जोखिममा देखिएका छन् । दार्चुलामा हालसम्म ३८ जना संक्रमित छन् ।

हालसम्म ४ हजार ४१ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै १३ सय ४२ जना छन् ।

यस्तै अछाममा ७१८, बैतडीमा ३२२, बझाङमा २८३, बाजुरामा ४५२, डडेल्धुरामा ३०४, डोटीमा ७४० र कञ्‍चनपुरमा ५८६ जनामा संक्रमण देखिएको छ । प्रदेशभर दुई हजार १९८ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*