निषेधाज्ञाले हेटौंडा बजार ठप्प
मकवानपुर । सरकारले निषेधाज्ञा जारी गरेपछि हेटौंडा बजार ठप्प भएको छ ।
हेटौंडा बजारको कपडा पसल , फलफुल तथा तरकारी पसल , खाधान्नका पसलहरु , इलेक्ट्रोनिक्स पसल तथा सप्लायर्स लगायतका पसलहरु बन्द त रयो नै मानिस र सवारी साधानहरुको पनि छिटपुट आवत् जावत् छ । ठाउँ ठाउँमा ट्राफिक प्रहरी , सशस्त्र प्रहरी , प्रहरी र सेनाहरु बसेका छन् र छिटपुट् आवत् जावत् गर्नेहरुलाई पनि सोधपुछ गरेर मात्रै छाडिएको छ । प्रशासनको पुरै निगरानी छ हेटौंडा बजारमा । साउन २६ गते १२ बजे देखि सुरु भएको निषेधाज्ञा साउन ३२ गते सम्म रहेने जनाइएको छ ।
कोरोना संक्रमितको संख्या एकैचोटी बढेपछि मनहरि र हेटौंडा उपमहानगरपालिकामा सरकारद्वारा निषेधाज्ञा लागु गरिएको हो । एकदिन अगाडि सोमबार २६ गते मात्रै हेटौंडामा २३ जना कोरोना संक्रमित फेला परेको थियो ।