भीमफेदीमा अत्यावश्यक बाहेकका सेवा भदौ १० सम्म बन्द

रामकुमार दानी
३ भाद्र २०७७, बुधबार २०:११

मकवानपुर । कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्नका लागि मकवानपुरको भीमफेदी गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा संचालनमा रोक लगाएको छ ।

गाउँपालिका तथा वडा अन्तर्गतबाट प्रदान गरिने सेवा यही भदौ २ गतेदेखि १० गतेसम्मका लागिका लागि बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले जानकारी दिए ।

‘कोरोना भाइरस (कोभिड १९) को माहामारीले मकवानपुर जिल्ला लगायत अन्य सबै ठाउँमा फैलिएको छ । उत्त भाइरसबाट यस भीमफेदी गाउपालिका पनि वच्न नसकेको परिस्थितिमा यस भीमफेदी गाउँपालिकाको विभिन्न वडामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित देखिएकोले गाउँ कार्यपालिकाको मिति २०७७/५/१ गतेको निर्णय अनुसार गाउपालिका अन्तर्गतका सम्बन्धित वडा कार्यालायहरुबाट प्रदान गरिने अति आवश्यक बाहेकको सेबवहरु मिति २०७७/५/२ देखि २०७७/५/१० सम्म बन्द गरिएको छ । ’ गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुबरले भने ।

प्रमुख प्रशासकीय अधिकृत कुँवरका अनुसार स्वास्थ संस्थाबाट आकासमिक सेवा र प्रतुती सेवा सन्चालन हुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*