भीमफेदी गाउँपालिकाको उदाहरणीय काम, टोल टोलमा पुगेर कोरोना परीक्षणका लागि स्वाब संकलन
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा नम्बर ८ फाप्लाङमा आज कोरोना परीक्षण लागि स्वाब संकलन गरिएको छ ।
केही दिन अघि सोही ठाउँको एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि समुदाय सुरक्षितको लागि स्वाब संकलन गरिएको गाउँपालिकाको अध्यक्ष हिदम लामाले बताए ।
निषेधआज्ञा जारी भएको बेला हेटौंडासम्म आयर पीसीआर गराउन खर्चिलो र झन्झटिलो हुने भएकाले गाउँ-गाउँमै गएर स्वाब ल्याएर हेटौंडामा पीसीआर टेस्ट गराउन लागिएको बताउँदै अध्यक्ष लामाले भने-‘गाउँपालिकाको दक्ष स्वस्थ्यकर्मी स्वाब संकलन गरी हेटौंडा लेराउन लागिएको हो ।
आज ४ जना बालबालिका सहित १८ जनाको स्वाव संकलन स्वाब संकलन गरिएको हो ।
समुदायको एकजना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सिंगो समुदाय नै असुरक्षित महसुस भएकोले कोरोना परीक्षण गरिएको अध्यक्ष लामाले बताए ।
गाउँपालिकाको सहयोगमा गरिएको स्वाब संकलन टोलीमा उपाध्यक्ष पार्वती राना , स्वस्थ्य कार्यकर्ता सुरक्षाकर्मी लगायतको उपस्थिती थियो । अध्यक्ष लामाले भीमफेदी गाउँपालिकाभर कोरोना संका क्षेत्रमा पुगी स्वाब संकलन गरी पीसीआर परक्षिणका लागि हेटौंडा ल्याइने जानकारी दिए ।