अब मन्त्री बन्लान् त दहाल ?

रामकुमार दानी
९ भाद्र २०७७, मंगलवार ०९:३१

मकवानपुर । मन्त्रीमन्डल हेरफेरको चर्चा चलिरहेका बेला मकवानपुर, क्षेत्र नम्बर एकका सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको मन्त्री बन्ने सम्भावनाबारे चर्चा चलेको छ ।

पटक पटक सरकारमा मन्त्री बनिसकेका राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापालाइ पराजित गरेका दहाललाई मन्त्री बनाउनुपर्ने उनका कार्यकर्ता, शुभेच्छुकले माग पनि गरिहेरहेका छन् ।

मकवानपुरका विभिन्न चोकमा दहाल अब मन्त्री बन्लान-नबन्लान् भन्ने चर्चा छ । नेकपा फुटाउन हुन्न भनेर आवाज उठाएका दाहाललाई यस पटक मन्त्रीको जिम्मेवारी दिनुपर्ने चर्चा भइरहेको छ ।

दाहाल निकट मकवानपुरका नेकपा कार्यकर्ता अब हुने मन्त्रीमन्डल हेरफेरमा उनी पनि समावेश हुँदा मकवानपुरको न्याय हुने बताउँछन् ।

पटक पटक कमल थापालाई पराजित गर्नसक्ने दहाल र पटक पटक जितेर पनि अवसर नपाएका विरोध खतिवडा दुई मध्ये एकलाई यो पटक मकवानपुरले मन्त्रीका रुपमा पाउँनुपर्ने मकवानपुर नेकपाका कार्यकर्ताले अपेक्षा गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*