पुष्पलाल मित्रता केन्द्रको रक्तदान, ६४ जनाले दिए रगत

लोकखबर
९ भाद्र २०७७, मंगलवार १३:१४

मकवानपुर । कोरोना भाइरस संक्रमणको कारण अहिले रक्तदान अभाव भइरहेको अवस्थालाई ध्यान दिदै पुष्पलाल मित्रता केन्द्र मकवानपुरले आज रक्तदान आयोजना गरेको छ ।

रक्रसंचार केन्द्र हेटौंडामा कोरोना भाइरसबाट सुरक्षित रहन सचेतता अपनाउँदै आयोजित रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेको आयोजक मित्रता केन्द्रका उपसचिव इश्वर ढुंगानाले जानकारी दिए ।

केन्द्र मकवानपुरका अध्यक्ष मदन दाहालको अध्यक्षता नेकपा मकवानपुर सचिव एवं बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

मित्रता केन्द्रका केन्द्रिय सदस्य रामकुमार एलन, केन्द्र मकवानपुरका सदस्यहरु खेमराज सापकोटा, गिरिजा अधिकारी लगायतको उपस्थिती थियो ।

नेकपाका संस्थापक पुष्पलालको विचार अनुशरण गर्दै विभिन्न राजनीतिक, सामाजिक तथा समसामयिक सवालमा बहस गर्ने उद्देश्यले मकवानपुरमा केन्द्र गठन भएपछि पहिलो कार्यक्रमका रुपमा रक्तदान आयोजना गरिएको हो ।

कोरोना भाइरसका कारण मुलुकभर रगतको अभाव हुँदा विरामी रगत अभाव भएर छटपटिनुपर्ने अवस्था आइरहेको संचारमाध्यममा खबर आइरहेका बेला केन्द्रले रक्तदान गरेको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*