गाउँगाउँबाटै स्वाब संकलन गरी स्थानीयको मन जित्दै जनप्रतिनिधी

रामकुमार दानी
१० भाद्र २०७७, बुधबार २०:४८

मकवानपुर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को असरबाट नेपाल पनि अछुतो रहन सकेन । केही समय यता संक्रमितको संख्या निकै बढ्दै गइरहेको छ । समाजमा कोरोना भाइरस फैलिसकेको अवस्था छ । रोकथाम तथा नियन्त्रणको लागि सरकारी निकायले पनि उत्तिकै चासोको बिषयले हेर्दै आएको छ । आफ्नो स्थानियबासीहरु लाई कसरी सुरक्षित राख्ने भन्ने बिषयमा जनप्रतिनिधीहरु तत्परताका साथ लागीपरेका छन् ।
मकवानपुर जिल्लाका विभिन्न स्थानिय स्तरका जनप्रतिनिधीहरुले समुदाय स्तरमा कोरोना फैलन नदिन गाउँंं–गाँउमै गएर स्बाव संकलन गर्दै आएका छन् । यसैमध्य मकवानपुर जिल्लाको भिमफेदी गाँउपालिकाको समन्वयमा जनप्रतिधीकै सहभागितामा स्बाव संकलन हुँदै आइरहेको छ । गत आइतबार देखि भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना लगाएत स्वास्थ्यकर्मीहरुको टोली घर–घरमा पुगेर कोरोना परिक्षणको लागि स्वाब लिने काम गर्दै आइरहेका छन् ।
कोरोना लागेका व्यक्तीहरुको परिवारमा गएर परामर्शको साथमा स्वाब संकलन समेत गरेको गाँउपालिकाकी उपाध्यक्ष पार्वती रानाले बताइन् । उनले भनिन्– ‘कोरोना संक्रमित व्यक्तीको परिवारले सामाजिक अपहेलना सहनुपरेको खबरहरु निकै चर्चाको बिषय बन्न थालेको छ । त्यसैले हाम्रो गाउँपालिकाका बासिन्दाले यस्तो सहन नपरोस् भनेर सर्वप्रथम त परामर्श दिने काम गरेका थियौं । त्यसपछि समुदायमा कोरोना नफैलियोस् भनेर गाँउ–गाँउमै स्वाब लिन हामी लागिपरेको छौं ।’
निषेधाज्ञाका कारण कन्ट्याक्ट ट्रेसिङमा रहेका तथा होम क्वारेन्टिनमा रहेका मानिसहरुको स्वाब संकलन गरिएको उनको भनाइ छ । साथै लक्षण देखिएका केही मानिसको समेत स्वाब संकलन गरेर परिक्षणको लागी कर्रा आइसोलेसन पठाइएको उनी बताउँछिन् । शनिबार देखि मंगलबार सम्मका ७१ जनाको स्वाब संकलन गरेको उनको भनाइ छ ।
उक्त गाउँपालिकाको वडा नम्बर ८ फाप्लाङमा पहिलो दिन शनिबार कोरोना परीक्षण लागि स्वाब संकलन गरिएको थियो । सो दिन ८ नम्बर वडाबाट १८ जनाको स्वाब लिइएको थियो । त्यस्तै दास्रो दिन सोमबार ४ नम्बर वडाबाट ४७ जना तथा तेस्रो दिन मंगलबार ९ नम्बर वडाबाट ५ जनाको स्वाब नमुना संकलन गरिरेर परिक्षणको लागी प्रयोगशाला पठाइएको छ । केही दिन अघि सोही ठाउँको एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि समुदाय सुरक्षितको लागि स्वाब संकलन गरिएको गाउँपालिकाको अध्यक्ष हिदम लामाले बताए ।
निषेधाज्ञा जारी भएको बेला हेटौंडासम्म आएर पीसीआर गराउन खर्चिलो र झन्झटिलो हुने भएकाले गाउँ–गाउँमै गएर स्वाब ल्याएर हेटौंडामा पीसीआर टेस्ट गराउन लागिएको बताउँदै अध्यक्ष लामाले भने ः गाउँपालिकाको दक्ष स्वस्थ्यकर्मी स्वाब संकलन गरी हेटौंडा ल्याउने काममा लागिपरेका छौं । अध्यक्ष लामाले भीमफेदी गाउँपालिकाभर कोरोना शंका लागेका क्षेत्रमा पुगी स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न प्रयोगशाला पठाउने कामलाई निरन्तरता दिने बताउँछन् । समुदायको एकजना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सिंगो समुदाय नै असुरक्षित महसुस भएकोले कोरोना परीक्षण गरिएको अध्यक्ष लामाले बताए ।
गाउँपालिकाका जनप्रतिनिधी तथा स्वास्थ्यकर्मीहरुको टोलीले गरेको कामप्रती स्थानियबासीहरु झनै खुसी भएको भीमफेदी गाँउपालिका ४ नम्बर वडाका वडाअध्यक्ष क्षेत्रबहादुर पाण्डेले बताए । गाउँका बासिन्दाहरु कोरोना परिक्षण गर्नको लागी सम्भव नभएको स्थितीमा घर ÷ घरमै स्वाब संकलन गरेको प्रती स्थानिय दंग रहेको उनले बताए ।
भीमफेदी गाँउपालिका भित्र ९ जना कोरोना संक्रमितको भएका छन् । जस मध्ये ५ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् भने बाँकी ४ जना आइसोलेसनमा उपचारत रहेको गाँउपालिकाको स्वास्थ्य शाखाका संयोजक रामनाम थिङले बताए । संक्रमितहरु सँग कन्ट्याक्ट ट्रसिङमा रहेकाहरु पनि सुरक्षित तवरले होम क्वारेन्टिनमा बसेको उनले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*