मौसम अपडेट :

तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

लोकखबर
१२ भाद्र २०७७, शुक्रबार ०७:३४

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) देशभर दिउँसोको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसमविद्हरुका अनुसार गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज (शुक्रबार) राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाले जारी गरेको सूचनामा बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*