भदौ १६ पछि मकवानपुरमा निषेधाज्ञा खुकुलो बनाइने

लोकखबर
१२ भाद्र २०७७, शुक्रबार ०८:५०

मकवानपुर । मकवानपुरमा जारी निषेधाज्ञा यही भदौ १५ गते राती १२ बजेबाट सकिदैछ । यसअघि के होला भन्ने सर्वसाधारणमा चासो छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको र निषेधाधाले पनि पूर्णत ः समस्याको सामाधान नगर्ने भएकाले जिल्लाका सरोकारवालाले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्न सुझाएका छन् ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिका, भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका, इन्द्रसरोबर गाउँपालिकाले यही भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा तोकका छन् । कोरोना भाइरस संक्रमणको जोखिमबाट नागरिकलाई सुरक्षित राख्दै निषेधाज्ञाको स्वरुपमा परिर्वतन गर्नुपर्ने सरोकारवालाको माग छ ।

निषेधाज्ञाले मात्र समस्याको समाधान नहुने आवाज उठेपछि बिहीबार जिल्ला समन्वय समिति मकवानपुरले सर्वदलीय तथा सर्वपक्षीय बैठक समेत राख्यो । बैठकमा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधीले अब यही खालको निषेधाज्ञाले मात्र नहुने भन्दै आवश्यक तयारी गरी निषेधाज्ञाको स्वरुप परिर्वतन गर्न सुझाव दिए ।
जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आगामी कार्यदिशा तय गर्ने उद्देश्यका साथ बसेको बैठकले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गराउँदै निषेधाज्ञाको स्वरुप परिर्वतन गर्नुपर्ने र निषेधाज्ञा खुकुलो पार्नुपर्ने सुझाव सरोकारवालाबाट आएको हो ।

प्रमुख खुलालले निषेधाज्ञाको स्वरुप परिर्वतन गर्दै लानुपर्ने सबैको सुझाव आएको बताए । माहामारीसंग जुधिरहेका सुरक्षा निकाय र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने कुरामा सबैले आवश्यक सहयोग गर्नुपर्ने खुलालले बताए । कोरोना संक्रमितलाई अपमान गर्ने काम नगर्न, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई दुव्र्यवहार नगर्न, होम आइसोलेसनमा बस्नेहरुलाई नियमको पालना गर्न गर्न प्रमुख खुलालको आग्रह छ । जिल्लाको कोरोनाको अवस्थाबारे स्थित पत्ता लगाउँदै आवश्यक निर्णय लिनका लागि चाँडै नै स्थानीय तह समन्वयको बैठक बस्ने पनि खुलालले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति ईन्द्रबहादुर बानियाले समुदायमा कोरोना संक्रमण बढ्दो रहेकाले सचेत बन्नु पर्ने तर, सधैंभरी निषेधाज्ञा राख्न नहुने बताए । हेटौंडाका होटलहरुलाई क्वारेन्टाई र आइसोलेसनका रुपमा प्रयोग गर्नुपर्ने, परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने, तुरुन्त रिपोर्ट आउने वातावरण बनाउनुपर्ने बानियाको सुझाव छ । यसका लागि मेसिन खरिद गर्नुपर्ने, दक्ष र भरपर्दो चिकित्सक प्राविधिकको व्यवस्था गर्नुपर्नेलगायत सुझाव बानियाले दिए ।
बैठकमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले स्थानीय तहले थुप्रै कामहरु गरेको भएपनि जस भने पाउन नसकेको बताइन् ।

राप्रपा मकवानपुर अध्यक्ष मधु अधिकारीले निषेधाज्ञालाई तयारी गर्ने समयका रुपमा प्रयोग गर्नुपर्ने बताए । स्वाब दिएकालाई बाहिर निस्कन नदिने साथै कन्ट्रयाक ट्रेसिङ प्रभावकारी बनाउनुपर्ने र कोरोना नियन्त्रणमा सबै जुट्नुपर्ने नेता अधिकारीको धारणा छ ।

नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठले संक्रमितको नाम सार्वजनीक नगर्दा उनीहरु बहिर हिडडुल गर्ने गरेकाले नाम सार्वजनिक गर्नुपर्ने माग गरे । यसरी नाम सार्वजनिक गर्दा समुदायका अरु व्यक्ति सचेत बन्ने र संक्रमणको सम्भावना कम हुने श्रेष्ष्ठको धारणा छ । संकलन गरिएको स्वाबको तत्काल रिपोर्ट सार्वजनिक गर्ने प्रबन्ध मिलाउन आवश्यक भएको बताउँदै श्रेष्ठले बैंकिङ क्षेत्र सुचारु गर्नुपर्ने, बजार खुलाउने समय थप गर्नुपर्ने, विस्तारै बजार खुकुलो पार्दै लानुपर्ने, चेतना अभिवृद्दि गर्नुपर्ने, मास्क प्रयोग नगर्ने तथा स्वास्थ्य सम्बन्धि अन्य मापदण्ड पालना नगर्नेलाई कारवाही गर्नुपर्ने उनले सुझाव दिए ।

नेकपा नेता विष्णुप्रसाद दाहालले सबैको संयुक्त प्रयासबाट मात्रै कोरोनालाई जित्न सकिने भएकाले आ-आफ्नो क्षेत्रबाट सबैले साथ दिनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले सधैंभरी निषेधाज्ञाले मात्र नहुने भन्दै निषेधाज्ञा खोल्दा विहान ६ बजेदेखि साँझ ६ बजेसम्मको सिफ्टमा उद्योगहरु संचालन गर्नुपर्ने, सार्वजनिक यातायात पूर्ण रुपमा रोक लगाउनुपर्ने, सीमा नाकामा कडाई गर्नुपर्ने, स्वास्थ्य सम्बन्धी मापदण्डको कडा रुपमा प्रयोग गर्न लगाउने साथै स्थानीय तहहरु अहिले भन्दा बढी खटिनुपर्ने धारणा राखे । बैठकमा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले सबै कुरामा अस्पतालको मात्र भर पर्दा समस्या आएकाले सबैले मिलेर काम गर्नुपर्ने बताए ।

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले थोरै कर्मचारी राखेर सहकारीहरु संचालन गर्नुपर्ने धारणा राखे । सहकारीबाटै संक्रमित फैलिने संभावना भएकाले त्यसलाई ध्यानमा राखेर थोरै कर्मचारको उपस्थितमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सहकारी संस्थाहरु संचालन गर्नुपर्ने उनले सुझाव दिए ।

उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव न्यौपानेले बजारका अन्य पसलहरुलाई पनि सहज बनाउँदै लानुपर्ने सुझाव दिए । उनले मापदण्डको परिपालना नगर्नेलाई तुरुन्त बन्द गर्नुपर्ने र बजार विस्तारै खुलाउनुपर्ने धारणा राखे ।

उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले मापदण्ड बनाएर उद्योग संचालन गर्नुपर्ने धारणा राखे । मापदण्डको कडा कायान्वयन हुनु पर्ने तर उद्योग संचालन गर्नुपर्ने उनको भनाई छ ।

बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायले कोरोना संक्रमण समुदायमै गइसकेकाले थप सजगता अपनाउनुपर्ने धारणा राखे । उनले सधैं निषेधाज्ञा मात्र गरेर नहुने भन्दै देखिएका समस्याको समाधान गर्न सचेत हुनुपर्ने बताए । पीसीआर गर्न स्वाब दिन भीड गर्ने तर स्वाब दिएर बजार डुल्ने प्रवृतिका कारण समस्या थपिदै गएको बताए । यस्तै, कन्ट्रयाक ट्रेसिङका क्रममा भेटिएको भोलिपल्टै पीसीआएका लागि जाने गरेको समेत उनको भनाई छ । होम आइसोलेसनमा बसेको कम्तीमा १४ देखि २१ दिनमा मात्र पीसीआरका लागि जानुपर्ने उनको सुझाव दिए । शंका लाग्ने बित्तिकै क्वारेन्टाईनमा बस्न समेत उनको सुझाव छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले आएका सुझावका आधारमा आगामी कार्य तय गरिने जानकारी दिए । निषेधाज्ञाका विषयमा प्राप्त सुझावका आधारमा कमाण्ड पोष्टको बैठकबाट आवश्यक निर्णय दिइने प्रजिअ नेपालले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*