मनहरी बजारमा साबुन पानीले हात धुदै खाद्यान्न विक्री वितरण

लोकखबर
२०७७ भाद्र १२, शुक्रबार १३:११

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसी सिल खुला गरिएको छ । एकैपटक ८ जनामा कोरोना संक्रमण देखिएको घटनापछि मनहरी बजार सिल गरिएको थियो ।

अत्याबश्यक बस्तुको सहज खरिद बिक्रीका लागि थप व्यवस्थाहरु गरिएका छन् । बैठकले बिहान ९ बजेसम्म उपभोक्ताका लागि खाद्यान्न, तरकारीजस्ता बस्तुहरुको बिक्री बितरण गर्न दिने निर्णय गरेको छ । तर, त्यसरी बिक्री बितरण गर्दा अनिबार्य हात धुने साबुपानीको व्यवस्था व्यवसायीले मिलाउनुपर्ने, भौतिक दुरी कायम राख्नुपर्ने र आलोपालोमा खरिद बिक्री गर्न पाइने समितिले जनाएको छ ।

त्यसैगरी साँझ ५ बजेदेखि मात्रै लोड, अनलोड गर्न पाइने व्यवस्था गरिएको छ । यसअघि कोरोना संक्रमण देखिएका व्यवसायीका हकमा अन्य कर्मचारी वा कामदार प्रयोग गरेर त्यस्ता पसल तोकिएको समयमा सञ्चालन गर्न सकिने निर्णय भएको छ ।

बैठकले सार्बजनिक यातायात अटोलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । औषधी उपचार र अन्य आकस्मिक कामका लागि प्रहरीसँग समन्वय गरेर मात्रै अटो चलाउन पाइनेछ ।

बैठकले स्वाब संकलनका लागि अनिबार्य रुपमा वडा विपद् व्यवस्थापन समितिको सिफारिस चाहिने प्रावधान बनाएको छ ।

अबदेखि वडाध्यक्ष र सम्बन्धित वडामा रहेका गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिका सदस्यहरुको सिफारिसमा मात्रै पिसिआर परिक्षण हुनेछ ।

गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको सभा हलमा भएको बैठकमा वडाध्यक्षहरु गोपीलाल मुक्तान, ठाकुरराम तितुङ र दिलबहादुर स्याङ्तान, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी, इलाका प्रहरी प्रमुख श्रीशंकर श्रेष्ठ, शसस्त्र प्रहरी बल आइआरटी पोष्टका प्रमुख मानबहादुर खड्का, राजनीतिक दलका तर्फबाट हेमलाल उप्रेती तथा व्यवसायीहरुको सहभागिता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको