हाइभोल्टेजका कारण पाँच लाख बराबरको क्षति

लोकखबर
१४ भाद्र २०७७, आईतवार ०८:२४

मकवानपुर ।  हेटौंडा ११, सिमलटार, बुद्दचोक वरपर हाइभोल्टको करेन्टका कारण पाँच लाख रुपिया भन्दा बढीको क्षति पुगेको छ ।

वल्र्डलिंक शाखाको दुई लाख रुपिया बराबरको पावर सप्लायर्स जलेको इलेक्ट्रीसियन नबिन थापाले बताए । सिमलटार टोल विकास संस्थाका पूर्व सचिव पूर्ण लामाको टिभी, सेटअप बक्स, कृष्णबहादुर खुलालको ३२ इन्चको टिभी, राजेश दासको मयुरीको २ वटा चार्जर जलेको छ । विद्युतीय तार जोड्दा लापरवाही तथा अनुभवहीन कर्मीका कारण विद्युतीय सामग्रीमा हाइभोल्टेजका कारण क्षति हुन पुगेको जनाइएको छ । अहिले सिमलटार टोल विकास संस्था बुद्दचोकमा ट्रान्स मिटर फेरेर तार जोड्ने काम भइरहेको छ ।

लापरवाही ढंगबाट तार जोड्नेको कारण टोलबासीका घरका विद्युतीय सामग्रीमा क्षति पुगेको सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापाले बताए । दिउशो हाइभोल्टेजका कारण विद्युतीय सामग्रीमा मात्र कम क्षति भएको तर राती भएको भए मानवीय क्षति समेत हुनसक्ने अवस्था रहेकाले यसको जिम्मा विद्युत प्राधिकरणले लिनुपर्ने उनको भनाई छ ।

आफूहरुको क्षति भएको बराबरको क्षतिपूर्ति पाउँनुपर्ने पीडितको माग छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*