गौरीटार आइसोलेसनका संक्रमितलाई एक दिनको खाजा सहयोग

लोकखबर
१७ भाद्र २०७७, बुधबार १४:३९

मकवानपुर । हेटौंडा-६, गौरीटारस्थित आइसोलेसन वार्डमा रहेका कोरोना संक्रमितका लागि हेटौंडा युवा व्यवसायीहरुले एक दिनका खाजा र जुस सहयोग गरेका छन् ।

हेटौंडाका लोकतान्त्रिक युवा व्यवसायीको समूहले आइसोलेसनमा रहेकाहरुलाई एकदिनको खाजाका लागि बुधबार एकदिनको खाजा बराबरको सहयोग उपलब्ध गराएको कार्यक्रम संयोजक शिवनारायण श्रेष्ठ (गुरु)ले जानकारी दिए ।

उनका अनुसार युवाहरुको समूहले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा उक्त सहयोग उपलब्ध गराएको हो । उनीहरुले हेटौंडा–६ का वडाअध्यक्ष अर्जुन चौलागाईंलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसको नेतृ शर्मीला श्रेष्ठ तथा व्यवसायीहरु चुडाराज उप्रेती, सन्देश लामा, अजित मानन्धर र आशलाल स्याङ्तानलगायतका लोकतान्त्रिक युवा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*