संक्रमितलाई फलफूल बाँड्दै मनाइयो रेडक्रस दिवस

लोकखबर
१९ भाद्र २०७७, शुक्रबार १२:४६

मकवानपुर । ‘तालि बजाउनुस्’ भन्ने मूल नाराका साथ आज (शुक्रबार) ५८ औं नेपाल रेडक्रस दिवस मकवानपुरमा मनाइएको छ ।

रेडक्रसका केन्द्रीय सदस्य प्रताप विष्टले मकवानपुरको हेटौंडा ६ गौरीटारमा रहेको आइसोलेसनमा रहेका संक्रमितका लागि फलफूल वितरण गरेर कार्यक्रम सुभारम्भ गरे ।

सोही अवसरमा ८ जना महिला संक्रमितका लागि ८ थान हाइजेनिक किट समेत वितरण गरिएको थियो ।

रेडक्रस मकवानपुरका मन्त्री खेमराज सापकोटाले सहजीकरण तथा आइसोलेसन सहयोग समन्वय समितिका संयोजक अर्जुन चौंलागाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य संयोजक उत्सव चौंलागाई, स्वास्थ्यकर्मी लगायत सरोकारवालाको उपस्थिती थियो ।

कार्यक्रममा कोभिड महामारीमा अग्रमोर्चामा रहेर सेवारत स्वास्थ्यकर्मी, स्वयम्सेवक तथा सुरक्षाकर्मीलाई तालि बजाएर सम्मान गरिएको थियो । यस्तै, जिल्ला शाखा रेडक्रसका कावा सभापति लालबहादुर थापाको अध्यक्षतामा भएको रेडक्रस दिवस कार्यक्रममा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्बिरमा रेडक्रसका केन्द्रीय सदस्य विष्टले माल्र्यापण गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।

कार्यक्रममा रेडक्रसका निवर्तमान केन्द्रिय सदस्य सूर्यचन्द्र न्यौपाने, जिल्ला कार्य समिति युवा सर्कल लगायतको उपस्थिति थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*