संक्रमितको घरघर पुग्दै, बाफ लिने मेसिन सहयोग गर्दै

मकवानपुर । पुष्पलाल मित्रता केन्द्र मकवानपुरले आज (शुक्रबार) हेटौंडाका सात जना संक्रमितलाई बाफ लिने मेसिन स्टिमर प्रदान गरेको छ ।
६० बर्ष उमेर समूह माथिका बृद्धबृद्धालाई लक्षित गरी बाफलिनका लागि सहज हुने मेसिन घरमै पुगेर हस्तान्तरण गरिएको मित्रता केन्द्र मकवानपुरका अध्यक्ष मदनकुमार दाहालले जानकारी दिए ।
हेटौंडा ४ का ३ जना र हेटौंडा ५ का ४ जना गरी सात जनालाई स्टिमर मेसिन प्रदान गरिएको हो ।
कोरोना संक्रमणका कारण घरबाट बाहिर निस्कन नमिल्ने अवस्था तथा घरमा आइसोलेसनमा बसेको समयमा उपयोगी हुने स्टिमर मेसिन केन्द्रले संक्रमितको घरमै पुगेर प्रदान गरेको हो ।
मेसिन हस्तान्तरण गर्न नेकपा मकवानपुरका सचिव समेत रहेको बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, मित्रता केन्द्रका केन्द्रि सदस्य रामकुमार एलन, केन्द्र मकवानपुरका सहसचिव इश्वर ढुंगाना, सदस्यहरु सरोज खनाल, देवेन्द्र कोइराला, सुधीर थापा, नवराज ठकुरी, माधव कोइराला, पुनम भट्टराई, देवी गौतम, पदमबहादुर बजगाईं, विशालराज महत, केशव श्रेष्ठ,मदन भण्डारी स्पोर्टस एडेकेमी मकवानपुरका अध्यक्ष निरजसिं ठकुरीलगायतको उपस्थिती थियो ।
केन्द्रले विहीबार (हिजो) पनि ६० वर्षभन्दा बढी उमेर भएका संक्रमितको घरघरमा पुगेर स्मिटर मेसिन प्रदान गरेको थियो ।
विहीबार प्रदेशसभाका सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको उपस्थितीमा हेटौंडा १७ का वडा अध्यक्ष भैरवकुमार राईलाई मेसिन प्रदान गरिएको थियो ।
विहीबार हेटौंडा १७ राजदेवी, हेटौंडा ५ लक्ष्मीनारायण र हेटौंडा ४ का संक्रमितलाई स्टिमर मेसिन प्रदान गरिएको थियो ।
मित्रता केन्द्रले प्रतिगोटा १ हजार ५ सय लागतमा स्टिमर खरीद गरी मेसिन वितरणलाई निरन्तरता दिएको जनाएको छ ।
नेकपाका संस्थापक नेता पुष्पलालका नाममा स्थापित पुष्पलाल मित्रता केन्द्र मकवानपुर गठनसंगै केन्द्रले सामाजिक अभियानमा उपस्थिती जनाएको छ । केन्द्रले यसअघि रक्तदान आयोजना गरिसकेको छ ।
मकवानपुरका सबै स्थानीय तहमा केन्द्र गठन गरी पुष्पलालको विचार जनमानसमा प्रवाह गर्न, सामाजिक सवालमाथि बहस, अन्तरक्रिया गर्ने अभियानमा आफूहरु लागिपर्ने केन्द्र मकवानपुरका सहसचिव इश्वर ढुंगानाले जानकारी दिए ।