हेटौंडा ५ का रेडक्रसकर्मी स्वास्थ्यलाभको कामना गर्दै संक्रमितको घरमा

लोकखबर
१९ भाद्र २०७७, शुक्रबार २०:५२

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, उपशाखाका सदस्यहरुले वडाका कोरोना संक्रमितको घरघरमा पुग्दै उनीहरुको अवस्था बुझ्दै स्वास्थ्य लाभको कामना गरेका छन् ।

कोरोना संक्रमण भई होम आइसोलेशनमा बसेका वडाका संक्रमितको घरमा पुगी उपशाखामा आबद्द रेडक्रसकर्मीले शिघ्र स्वास्थ्य लाभको कामना गरेको रेडक्रसकर्मी, युवा नेता इश्वर ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसार संक्रमितको घरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदा रोग भन्दा पनि समाजबाट साथ सहयोग नपाइएको संक्रमितको गुनासो छ । रेडक्रसकर्मीसंगको भेटघाटमा अप्ठ्यारो बेलामा स्वास्थ्य सम्बन्धि सेवा सुविधा पाएमा आफूहरुलाई मद्दत पुग्ने संक्रमितहरुले अपेक्षा गरेका गरे ।

भेटघाटमा सहभागी बनेका वडास्थित विपद् व्यवस्थापन समितिका संयोजक विनोद पुडासैनीका अनुसार रोगले भन्दा पनि सामाजिक सोचका कारण आफूहरुलाई चिन्ता लागेको संक्रमितले दुःखेसो पोखेका छन् ।

संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्यलाभ कामना गर्न उपशाखा सभापति पदमबहादुर बजगाईं, उपसभापति इन्दिरा लुइटेल, रेडक्रसकर्मी एवं युवा नेता इश्वर ढुंगाना,रेडक्रस ५ का कोषाध्यक्ष रविन्द्रनाथ पोखेरल, सल्लाहकार सुधीर थापा, वडास्थित नेकपाका अध्यक्ष देवीप्रसाद गौतम लगायत संक्रमितको घरमा पुगेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *