‘पार्टी परित्याग गरेको प्रचार गलत ’

लोकखबर
२१ भाद्र २०७७, आईतवार ०९:४७

कवानपुर । विप्लव नेतृत्वको नेकपाले पार्टीका पूर्व जिल्ला सेक्रेटरी पासाङ सहित १३८ जनाले पार्टी परित्याग गरेको भन्ने प्रचार गलत भएको जनाएको छ ।

नेकपाका जिल्ला इन्चार्ज जमीनले एक प्रेस विज्ञप्चि जारी गर्दैैै यही भदौ १५ गते पार्टी नीति विधी र अनुशासन विपरित गतिविधी गरेकोमा निस्कासन गरिएको बाहेक अन्यले पार्टी परित्याग नगरेको जनाएका छन् ।

यस्तै, पार्टी, नीति, विधी र अनुसशान विपरित काम गरेको भन्दै जुरे घिसिङ (आप्च्याङ) लाई पार्टीबाट निस्कासन गरिएको पनि विज्ञप्तिमा जनाइएको छ । आफूहरुको पार्टी परित्याग गरेको भनी नक्कली नाम पेश गरी चर्चा कमाउन समाचार बाहिर ल्याइएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीका पूर्व जिल्ला सेक्रेटरी पासाङले पार्टीका सूचनालाई बाहिर पुर्‍याएको, सांस्कृतिक विचलन गरेको लगायत आरोप पनि लगाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*