कोरोना माहामारीमा मनहरी गाउँपालिकाका जनप्रतिनिधीको सक्रियता

रामकुमार दानी
२२ भाद्र २०७७, सोमबार ०७:२८

मकवानपुर । कोरोना माहामारीमा आफ्नो क्षेत्रका जनताहरुको लागि मकवानपुरका स्थानीय सरकारले आवश्यक भूमिका निर्वाह गर्दै आएको छ । मनहरी गाँउपालिकाले पालिका भित्र बसोवास गर्ने जनताको लागि कोरोनाबाट बच्न उदाहरणनीय काम गर्दै आइरहेकाले स्थानीय खुसी भएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चालिएको गाउँपालिकाको अध्यक्ष एकराज उप्रेती बताउँछन् ।

२०६८ सालको जनगणना अनुसार ३८३९९ जनसंख्या रहेको पालिका हालसम्म २२ जनामा कोरोना संक्रमण देखिएको छ । गाँउपालिकाका बासिन्दाहरुलाई कोरोना संक्रमण हुँँदा उपचारको लागि २४ बेडको आइसोलेसन निर्माण गरिएको छ । यति मात्रै नभई होम क्वारेन्टिनमा बसेका संक्रमितहरुलाई जनप्रतिनिधी आफै जोखिमका बिचमा पनि घरमै पुगेर बिरामीको स्वास्थ्य स्थितीको जानकारी लिने गरेका छन् । संक्रमितको परिवारहरुलाई कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरेर हेटौंडा १० मा रहेको प्रयोगशालामा परिक्षणको लागि पठाउने गरिएको छ ।

गाँउपालिकाको ९ वटै वडामा कोरोना रोकथाम तथा नियन्त्रणको विषयमा जानकारी तथा परामर्शमा सँधै लागिपरेका कारण कोरोना संक्रमितको संख्यामा सोचे भन्दा चाँडो नियन्त्रणमा ल्याउन सकिएको गाँउपालिकाकी उपाध्यक्ष मनिला बिष्टले बताइन् । उनले भनिन्,‘हामीले बेलैमा सचेत गराउँन सक्नुको परिमाण देखिएको छ । मानिसहरुको भिडभाड तथा जमघट हुने गरेको ठाँउमा बारम्वार अनुगमन गर्ने, भिडभाड नगर्न आग्रह गर्ने र सचेतना फैलाउन सकेका कारण पनि संक्रमितको संख्यामा कमी हुँदै गएको छ । प्रयेक हप्ताको आइतबार, मंगलबार र बिहिबार स्वाब संकलन गर्ने गरेका थियौं । अब त स्वाब संकलन गर्नुपर्ने बिरामी नै नहुने गरेका छन् । यदि कोरोनाको लक्षण देखिएका बिरामी भने हामीले छुट्टै क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाएका छौं ।’

मनहरी गाँउपालिकाका जनप्रतिनिधी तथा स्थानियको सहकार्यले गर्दा कोरोना भाइरसलाई परास्त गर्न त्यती असहज नभएको उपाध्यक्ष बिष्टको भनाई छ । मनहरी गाँउपालिकाबासी जनप्रतिनिधीले विपद्को समयमा गरेको सहयोग र सहकार्यले कोरोनासँग त्यती डर नलागेको बताउँछन् । उक्त गाँउपालिकामा सुरुको समयदेखि हालसम्म २२ जना संक्रमित फेला परेका छन् । संक्रमित मध्य ३ जना आइसोलेसनमा रहेका छन् । शुक्रबार सम्म गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसनमा संक्रमित ३ जना मात्रै रहेको गाँउपालिकाले जनाएको छ । संक्रमित कोरोनाको बिरामीहरु सबैको स्वास्थ्य सामान्य रहेको गाँउपालिकाकी उपाध्यक्ष बिष्टको भनाइ छ ।

मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमणको संका लागेकाहरुका जाँचको काम भने तिव्र भइरहेको छ । हाल सम्म मकवानपुर जिल्लामा ५ हजार ९ सय ७० जनाको कोरोना संक्रमणको संकामा पीसीआर जाँच गरिएको छ । पीसीआर जाँच गरिएका मध्यमा ५ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मनहरी गाउँपालिकाले आफ्नै गाउँस्तरमा लगेर स्वाब संकलन गरेर हेटौंडा र धुलीखेल प्रयोगशालामा जाँच गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*