हेटौंडामा थप १४ जनामा संक्रमण पुष्टि

लोकखबर
२३ भाद्र २०७७, मंगलवार ०६:०२

मकवानपुर । मकवानपुरको हेटौंडामा सोमबार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भदौ २१ गते १३८ जनाको स्वाब संकलन गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए । संक्रमित हुनेमा ७ महिला र ७ जना पुरुष रहेका छन् ।
यसैबिच, हेटौंडामा कोरोना संक्रमितको पुन : परीक्षणमा २१ जनाको रिपोर्ट पुनः पोजेटिभ आएको छ ।
भदौ २१ गते गरिएको ३२ जनाको फलोअप परीक्षणमा २१ जनाको पोजेटिभ र ११ जना नेगेटिभ रिपोर्ट आएको निरिक्षक चौलागाईंले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*