बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना

मकवानपुर । बागमती प्रदेशका केही स्थानमा मंगलबार (आज) भारी वर्षा हुने अनुमान गरिएको छ ।
बागमतीमा झैं प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश तथा प्रदेश ५ मा पनि केही स्थानमा भारी वर्षा हुनसक्ने मौसमविद्ले अनुमान गरेका छन् ।
राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्को भनाई छ ।
यस्तै, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभरको मौसम भने सामान्यतया बदली भइ केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
अहिले मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको र स्थानिय वायुको पनि प्रभाव रहेकाले मौसम बदली भएको हो ।
अहिले पनि देशका विभिन्न स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।