वागमती प्रदेश स्तरिय वक्तृत्वकला

मकवानपुर । कन्सोर्टियम नेपालको आयोजना, बाल कल्याण समाज मकवानपुर र कन्सर्नको सहकार्य, सिविन, वल्र्ड भिजन नेपालको सहयोग र सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको समन्वयमा भर्चुअल माध्यमबाट वागमती प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगिता भएको छ ।
प्रतियोगितामा प्रदेशका विभिन्न ११ जिल्लाबाट बालक एक र बालिका एक गरी २२ जनाको सहभागिता थियो ।
प्रतियोगितामा काभ्रेका तारा तामाङ प्रथम, मकवानपुुरका सपना लामा दोस्रो, नुवाकोटका कृस्टीना परियार तृतीय भएका छन् ।
कन्सोर्टियम नेपालको कार्य समिती सदस्य साथै सचिवालय सदस्य प्रकाश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा समाजिक विकास मन्त्रालय, वागमती प्रदेशका महाशाखा प्रमुख इन्दिरा ओझा, कन्सोर्टियम नेपालको सल्लाहकार, नूपुर भट्टाचार्य, वागमती प्रदेशको बाल अधिकार समिती सदस्य शान्ता बराल, झविन्द्र ज्ञवाली, कन्सोटियम नेपालको सचिव प्रदिप कुमार लामिछाने, कन्सोर्टियम नेपालको वागमती प्रदेश संयोजक प्रकाश वसी, कन्सोर्टियम नेपालका अरज गौतम लगायतको आतिथ्यता थियो ।