सुनको मूल्य घट्दो

लोकखबर
२३ भाद्र २०७७, मंगलवार १२:१३

मकवानपुर । सुनको मूल्य मंगलबार (आज) तीन सय रुपैंयाले घटेको छ । सुनको मूल्यमा गत बुधबारदेखि घटिरहेको छ ।

आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनचाँदीको मूल्य घटबड भएको थिएन ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*