कक्षा १२ को परीक्षा यसरी गर्ने तयारी

लोकखबर
२३ भाद्र २०७७, मंगलवार १३:३९

मकवानपुर । कक्षा १२ को परीक्षा कसरी संचालन गर्ने भन्ने अहिले विभिन्न तयारी भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षालाई चरण चरणमा गरी संचालन गर्ने तयारी भएको छ । कोरोनाको असर नरहेको जिल्लामा पहिलो चरणमा परीक्षा गर्ने गरी बोर्डले प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विभिन्न विकल्पका विषयमा छलफल भइरहेको जानकारी दिए । सरकारले स्वीकृति दियो भने कोरोनाको असर नभएको ठाउँमा पहिलो चरणमा परीक्षा गर्न सकिने उनले बताए । परीक्षा गर्दा कोरोना फैलने जोखिम रहेकाले सुरक्षा सचेतता अपनाएर परीक्षा संचालन गर्ने तयारी गरिएको उनको भनाई छ ।

सरकारले स्वीकृति दिए पहिलो चरणको परीक्षा दसैंअघि गर्न सकिने उनले बताए । ‘परीक्षा कोभिडमा निर्भर छ । अवस्था कसरी अगाडी बढ्छ अहिले नै भन्न सकिँदैन । तर, सरकारले स्वीकृति दियो भने दसैँअघि कोरोना प्रभाव नरहेको क्षेत्रमा परीक्षा गर्न सकिन्छ,’ उनले भने ।

कक्षा १२ को परीक्षा गत ८ वैशाखका लागि तोकिएको थियो । कोरोना भाइरसका कारण स्थगित भएको १२ को परीक्षाका विषयमा सरकारले निर्णय गर्न सकेको छैन । कक्षा १० को विद्यालयले मूल्यांकन गरेर नतिजा सार्वजनिक भइसकेको छ भने ११ को परीक्षा विद्यालयलाई नै गर्न दिने निर्णय भइसकेको छ । १२ को परीक्षाका विषयमा निर्णय नहुँदा विद्यार्थी अन्योलमा रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*