काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु

मकवानपुर ।पाटन अस्पतालमा उपचाररत काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको आज शुक्रबार (आज) बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।
तर ती पुरुष कुन रोगका बिरामी थिए भन्ने कुरा भने स्वास्थ्य कार्यालय ललितपुरले खुलाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिहीबार बेलुकासम्मको तथ्यांकअनुसार नेपालमा ३१७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । बाह्रखरी डटकमबाट