मन्त्री घिमिरेको कोरोना रिपोर्ट फेरि पोजेटिभ देखियो

लोकखबर
२६ भाद्र २०७७, शुक्रबार १२:१४

मकवानपुर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेमा पुन: कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना संक्रमण भएको दुई सातापछि बिहीबार पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । घिमिरेको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएपछि स्वाब लिएर परीक्षण गर्न पठाएको सचिवालयले जनाएको छ ।

रुघाखोकी, जिउ दुख्‍ने लक्षणबाहेक डाइरिया, टाउको दुख्‍ने, ज्वरोजस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्‍नेतले बताएका छन् । मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य रहेको बस्‍नेतले जानकारी दिए ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनुअघि देखि नै सामान्य लक्षण देखिएपछि भदौ १३ गते साँझदेखि होम आइसोलेसनमा थिए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *