बाग्लुङ पुगेर बाढीपीडितलाई राहत बाँडे पलले

लोकखबर
२६ भाद्र २०७७, शुक्रबार १२:२९

मकवानपुर ।बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ का बाढीपीडितलाई कलाकार पल शाहले राहत वितरण गरेका छन् ।

पलसँगै गायक तथा मोडल दुर्गेश थापा पनि राहत वितरण गर्न बाग्लुङ पुगेका थिए ।

बाग्लुङ पुगेर दुर्गेश र पलले खाद्यान्न, सिरक–डसना र नगद रुपैयाँ ५० हजार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र वडा नम्बर ८ र ९ का वडाध्यक्षहरुलाई राहत वितरण गरेका हुन् ।

पलले सामाजिक सञ्जालमार्फत आफूहरुले बाढीपीडितका लागि राहत वितरण गरेको बताएका छन् ।

बाढी प्रभावित भएको स्थानसम्म जान निकै असहज भएकाले जनप्रतिनिधिलाई राहत बुझाइएको पलले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

पल, दुर्गेश लगायतको टिम मंगलबार बाग्लुङ हिँडेको थियो । पलका अनुसार उनीहरु त्यहाँबाट बाढी प्रभावित क्षेत्रसम्म जाने प्रयासमा छन् ।

पछिल्लो समय कलाकार पल शाह लगातार सामाजिक कार्यमा लागेका छन् । यसअघि उनले चलचित्र प्राविधिकलाई सहयोग गरेका थिए भने कालीकोटका पहिरो पीडितलाई पनि सहयोग हस्तान्तरण गरेका थिए । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*