बुधबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

लोकखबर
२६ भाद्र २०७७, शुक्रबार १२:५४

मकवानपुर । कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) मा बुधबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेका अनुसार रत्‍ननगर नगरपालिका २ की ७८ वर्षीय वृद्धाको आज बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी मंगलबार अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । कोभिड १९ सघन उपचार कक्षमा उपचाररत उनको २४ गते स्वाब परीक्षणका लागि पठाइएको थियो । चितवनमा योसँगै कोरोना संक्रमणबट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *