भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड:एकैदिन ९५ हजार ७३५ संक्रमित थपिए

लोकखबर
२६ भाद्र २०७७, शुक्रबार १३:०१

मकवानपुर ।भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९५ हजार ७३५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १ हजार १७२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा हालसम्म ४४ लाख ६५ हजार ८६३ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार ६२ पुगेको छ ।

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ । दैनिक ९५ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ । लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।

९५ हजार ७३५ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए ।

भारत १ अर्ब ३८ करोड जनसंख्या भएको देश हो । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*