सुशान्त मृत्यु प्रकरण: मुम्बई अदालतद्वारा रियाको जमानत अस्वीकार
मकवानपुर ।मुम्बईको स्पेसल अदालतले शुक्रबार अभिनेत्री रिया चक्रवर्ती र उनका भाइ सोविक चक्रवर्तीको जमानत याचिकालाई खारेज गरेको छ ।
रिया र सोबिक अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा ड्रग्स मामलामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) द्वारा पक्राउमा परेका हुन् । यसअघि मजिस्ट्रेट अदालतले उनीहरुको जमानत याचिका अस्वीकार गरेको थियो । अभिनेत्री रिया र उनका भाइलाई २२ सेप्टेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको थियो ।
आज विशेष अदालतमा भएको सुनुवाइमा न्यायाधीश जीबी गुरावले आरोपितको जमानत याचिका खारेज गरेका हुन् । रियालाई नराकोटिक ड्रग्स र साइकोट्रोपिक सबस्टन्स (एनडीपीएस) ऐन अन्तर्गत गिरफ्तार गरेको हो ।
एनसीबीले रियाको आग्रहको कडा विरोध गर्दै बिहिबार राजपुतका लागि लागुपदार्थ खरिद गर्ने आरोप लगाएको थियो । साथै एनसीबीले सुशान्तले ड्रग्स सेवन गरेको जानकारी भएको भन्दै आफूलाई पनि उक्त अपराधमा सामेल गरेको दाबी गरेको थियो ।
यद्यपि रियाले बिहीबार भएको सुनुवाइमा आफूलाई एनसीबीमा बयान दिन मजबुर बनाएको बताएकी थिइन् । खबरका अनुसार रियाको मुद्दा धारा २७ (ए) मा अड्किएको छ । २७ (ए) मा अवैध लागुपदार्थ तस्करीमा पैसा लेनदेनको मामिला छ । यो धाराअन्तर्गत अपाराधी ठहरिए १० वर्ष जेल सजायको व्यवस्था छ ।
तर रियाले आफ्नो जमानत आवेदनमा सो धाराअन्तर्गत उनलाई आरोप लगाउन एनसीबीसँग कुनै प्रमाण नभएको उल्लेख गरेकी छिन् । तर एनसीबीले भने सुशान्तलाई ड्रग्स किन्न रियाले पैसा तिर्ने गरेको बताएको छ ।
रियालाई नारकोटिक ड्रग्स र साइकोट्रपिक पदार्थ ऐनको धारा २७ (ए), २१, २२, २९ र २८ अन्तर्गत पक्राउ गरिएको हो । रिया र उनका भाइ सोविकका साथै उनीहरुका साथै सुशान्तका अपार्टमेन्ट म्यानेजर साम्युएल मिरान्डा, सुशान्तका घरका कामदार दीपेश सावन्त, अब्दुल वसितलाई पनि एनसीबीले पक्राउ गरेको हो । बाह्रखरी डटकमबाट