इश्वर ढुंगानाको अध्यक्षतामा ढुंगेधारा पर्यटन विकास समिति
मकवानपुर । मकवानपुरको हेटौंडा ५, पिप्लेमा दुर्गादेवी मन्दिर क्षेत्रलाई समेट्दै सोही स्थानमा धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि तयारी गरिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि इश्वर ढुंगानाको अध्यक्षतामा एघार सदस्यीय ढुंगेधारा पर्यटन विकास समिति गठन गरिएको छ ।
समिति उपाध्यक्षमा देवनाथ लामिछाने, सचिव शङ्कर खड्का, सहसचिव विष्णुकुमारी श्रेष्ठ, कोषाध्यक्ष मधुसुदन अर्याल रहेका छन् । सदस्यहरुमा रामबहादुर राई, लक्ष्मी ढकाल, रामदेवी घले, हरिप्रसाद सापकोटा, देवुप्रसाद चौलागाई र रत्नमाया राई रहेका छन् ।
दुर्गादेवी परापूर्व कालदेखि स्थानीयबासी समृद्दी, निरोगीताको आस्थाको रुपमा मान्दै आएको मन्दिरको संरक्षणको संरक्षण, सम्बद्र्घन गर्नुका साथै साथै प्राकृतिक रुपमा रहेको ढुंगेधाराहरु र वरपर रहेको प्राकृतिक क्षेत्रलाई मनोरन्जनात्मक पार्कका रुपमा विकास गरी स्थानीय आर्थिक, सांस्कृतिक रुपान्तरणका लागि दुर्गादेवी मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको अध्यक्ष ढुंगानाले बताए ।