सुनचाँदीकै मूल्य स्थिर
मकवानपुर । नेपाली बजारमा आइतबार सुनचाँदीकै मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन शुक्रबारकै मूल्यमा कारोबार भइरहेको हो ।
आजका लागि छापावाल सुनको मूल्य ९६ हजार ५ सय कायम भएको छ । तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँ नै छ । चाँदी पनि तोलाको १३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । बाह्रखरी डटकमबाट












































