बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो

लोकखबर
२८ भाद्र २०७७, आईतवार १३:४०

मकवानपुर । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका ७ जनाको शव फेला परेको छ।

ज्यान गुमाएका ७ जनाकै पहिचान खुलेको छ। नागपुचे र भीरखर्कको पहिरोमा शव फेला परेका ६२ वर्षीया भक्तीमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल बिक, २४ वर्षीय सन्देश बिक, ८ वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ६५ वर्षिय टासी शेर्पा छन्।

पहिरोमा परेर अन्य २४ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजीकार्य जारी राखेको डिएसपी सापकोटाले बताए।

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाका अनुसार पहिरोले ३० वटा घरमा पुर्ण क्षति पुगेको छ। २२२ घर जोखिममा परेका छन्।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*