भारतीय पूर्वमन्त्री रघुवंश प्रसाद सिंहको निधन

मकवानपुर । भारतका पूर्वकेन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ । उनको आइतबार ७४ वर्षको उमेरमा दिल्लीस्थित एम्स अस्पतालमा उपचारक क्रममा मृत्यु भएको हो ।
दुई दिनअघि उनले लालुप्रसाद यादवलाई राजीनामा पत्र पठाएका थिए । पत्रको जवाफ पत्रमार्फत नै पठाउँदै लालुप्रसादले भनेका थिए, “रघुवंश बाबु आरजेडीबाट बाहिर जानुहुन्न ।”
११ सेप्टेम्बर राति १२ बजे आसपास स्वास्थ्य अवस्था बिग्रिएपछि रघुवंशलाई भेन्टिलेटरमा राखिएको थियो । गत जुन महिनामा उनी कोरोना भाइरसबाट संक्रमित भएका थिए ।
कोरोना संक्रमणबाट मुक्त भए पनि सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या देखिन सुरु भएको थियो ।बाह्रखरी डटकमबाट