उपत्यकामा ११ हजार १३९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ६०७८ पुग्यो

लोकखबर
२८ भाद्र २०७७, आईतवार १५:१३

मकवानपुर । राजधानी उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन । उपत्यका(काठमाडौं, भक्तपुर, ललितपुर) मा मात्र कोरोना संक्रमितको संख्या ११ हजार १३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

जसमध्ये सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौंमामा ९ हजार १०३ जना छन् । भक्तपुरमा ९०७ जना र ललितपुरमा एक हजार १२९ जना छन् ।

उपत्यकामा ६ हजार ७८ जना सक्रिय संक्रमित
उपत्यकाका अस्पताल, संस्थागत आइसोलेसन र होम आइसोलेनमा ६ हजार ७८ जना कोरोनाका सक्रिय संक्रमित रहेको देखिन्छ ।

काठमाडौंमा पाँच हजार ९८ जना, भक्तपुरमा ४६८ जना र ललितपुरमा ५१६ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*