बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ
![](https://www.lokkhabar.com/wp-content/uploads/2020/09/2020-09-13_Pakrau-arest1.jpg)
मकवानपुर । सिरहामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका ३ बस्ने ४५ वर्षीय रामचन्द्र सदा छन् ।
रामचन्द्रले ती बालिकालाई बिहीबार बलात्कार गर्न खोजेको र त्यसको १० दिनअगाडि पनि बाख्राको गोठमा बलात्कार गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।बाह्रखरी डटकमबाट