वर्षिक उत्सवमा दिप प्रज्जवलन

लोकखबर
२८ भाद्र २०७७, आईतवार १७:११

मकवानपुर । मञ्जुश्री असाहय संरक्षण केन्द्रले हेटांैडामा आफ्नो शाखा बिस्तार गरेको छ । केन्द्रको छ्रैठौं वार्षिक उत्सवका अवसरमा हेटौंडाको बुद्घ चोकमा शाखा उद्घाटन तथा दिप प्रज्जवलन कार्यक्रम गरिएको थियो । महिला तथा बालबालिकामा हुने हिंसा र शोषणको बिरुद्वमा आवाज उठाउँदै आएको संस्थाको दिप प्रज्जवल तथा शाखा उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नबिन सिग्देलले मैनबक्ति बालेर शाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष सिग्देलले समय सँगै महिला , बालबालिकामा हुने हिंसाको स्वरुप फेरिएको र सजग भएर यस विषयमा वकालत् गनुपर्ने बताए ।कार्यक्रम सम्पूर्णा मैनालिको अध्यक्षतामा भएको थयो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*