रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

लोकखबर
२९ भाद्र २०७७, सोमबार ११:०२

मकवानपुर । भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । रुपन्देहीको शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ती पुरुष बुटवलको बेलवासमा बस्दै आएका थिए । यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि उनी भीम अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उनको उपचार भइरहेको थियो ।

अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले उनलाई ३ दिनअघि आइसियुमा राखेको थियो । आइतबार राति करिब साढे १० बजे उनको मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए । डा. पोख्ररेलका अनुसार ती संक्रमित बिरामी दमका रोगी थिए ।

बुटवलको धागो कारखानामा रहेको कोभिड अस्तालमा उपचाररत शिवराज-५ कै ४७ वर्षीया एक महिलाको आजै बिहान मृत्यु भएको थियो ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*