नेयमारसहितको पीएसजी र मार्सिलेका खेलाडीबीच मैदानमा झडप, पीएसजीको लगातार दोस्रो हार

लोकखबर
२९ भाद्र २०७७, सोमबार ११:०९

मकवानपुर ।लिग वान अन्तर्गत तनावपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सिलेका खेलाडीबीच खेल मैदानमै झडप भएको छ ।

आइतबार राति पीएसजीको घरेलु मैदानमा भएको खेलको अन्तिम समयमा खेलाडीहरूबीच झडप भएको हो ।

दोस्रो हाफको इन्जुरी समयमा पीएसजीका तीनसहित ५ खेलाडीले रातो कार्ड पाएका थिए । खेलको अन्तिम मिनेटमा पीएसजी स्टार नेयमारलेसमेत रातो कार्ड खादै मैदानबाट बाहिरिए । मैदान बाहिरिने क्रममा ब्राजिलियन फरवार्डले आफूमाथि जातीय टिप्पणी गरिएको बताएका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पीएसजीका लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सिलेका जोर्डन अमावी र डेरियो बेनेडेटोसंगै नेयमारलाई मैदान बाहिर पठाईएको थियो ।

नेयमार र अल्भारो भन्दाअघि मार्सिलेका बेनेडिट्टोले परेडेसलाई पछाडिबाट ताने, त्यसपछि परेडेसले बेनेडिट्टोलाई मैदानमा लडाएका थिए ।

त्यसअघि खेलको ३१औं मिनेटमा अफसाइड बिट गर्दै फ्लोयिन थुविनले मार्सिलेका लागि गरेको गोल नै निर्णायक बन्यो ।

योसँगै पीएसजी आफ्नो दोस्रो खेलमा घरेलु मैदानमा नै पराजित भएको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*