मकवानपुरमा भर्चुअल माध्यमबाट मनाइयो बालदिवस

लोकखबर
२९ भाद्र २०७७, सोमबार १३:०६

मकवानपुर । मकवानपुरको हेटौंडामा आज सोमबार भर्चुअल माध्यमबाट राष्ट्रिय बाल दिवस मनाइएको छ ।

जिल्ला बालक्लव संजाल मकवानपुरको आयोजना, हेटौंडा उपमहानगरपालिका, शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला संजाल मकवानपुर, प्लान इन्टरनेशनल, सामुदायिक विकास केन्द्र नेपाल सीसीडिएनको सहयोगमा बालकल्याण समाज मकवानपुर, सिविन मकवानपुर, जिल्ला युवा संजाल मकवानपुरको समन्वयमा कविता प्रतियोगिता गर्दै बाल दिवस मनाइएको हो ।

जिल्ला बालक्लव संजाल मकवानपुरका अध्यक्ष सुसन विश्वकर्माको अध्यक्षता, नेकपा मकवानपुर अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रयास घिमीरे प्रथम, कृतिका लौडारी द्वितिय र रस्निला अर्याल तृतीय भएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उप प्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, मनहरी गाउँपालिकाका उप प्रमुख मनिला विष्ट, सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवाली, बाल कल्याण समाज मकवानपुरका प्रकाश खतिवडा, अस्मिता नेपाल मकवानपुरका अध्यक्ष आरती पाठक, आत्मराम थापा, जिल्ला युवा संजाल मकवानपुरका अध्यक्ष दिलमाया घर्ती, जिल्ला बाल क्लव संजाल मकवानपुरका निवर्तमान अध्यक्ष सुदन विश्वकर्मा लगायतको सहभागिता थियो ।

कार्यक्रम संचालनका लागि सामाजिक अभियन्ता विवेशलाल श्रेष्ठले तीन सय जनासम्मलाई सहभागी गराउँन सकिने सात घन्टा सेवा लिन सकिने जुम निःशुल्क रुपमा उपलब्ध गराएका थिए ।

कार्यक्रममा डा. सागर काफ्लेले बालबालिकालाई कोभिड १९ ले पारेको प्रभावबारे चर्चा गरेका थिए भने बालदिवस तथा बालबालिकाका विषयमा बालअधिकारकर्मीहरु सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवाली, बाल कल्याण समाज मकवानपुरका प्रकाश खतिवडाले चर्चा गरेका थिए ।

भर्चुअल माध्यमबाट बाल दिवस मनाउन समन्वयकारी भूमिका निर्वाह गरेकी जिल्ला युवा संजाल मकवानपुरका अध्यक्ष दिलमाया घर्तीले इन्टरनेटमा पहुँच नभएकाले अझ कतिपय बालबालिकालाई सहभागी गराउँन नसकीएको बताइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*